ओलीलाई सच्चिन नेपाल पक्षको भोलि ९ बजे सम्म अल्टिमेटम ,

काठमान्डौ – सत्तारुढ नेकपा (एमाले) माधव कुमार नेपाल समूहले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।

आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए।

झण्डै साढे ३ घण्टा चलेको बैठकले आफूहरुले पार्टी अध्यक्षलाई पार्टीको जीवन सुचारु गर्न ध्यानाकर्षण मात्र गराएको र त्यो नभए जुनसुकै जतिबेलापनि निर्णय गर्ने समेत भट्टराले चेतावनी दिए।

पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको भनाइ छ।

नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वास मत लिँदै छन् ।

जसका लागि संसद् अधिवेशन दिउँसो १ बजेका लागि आह्वान भएको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध ओलीले पार्टीमा एकलौटी गरेका छन् , सच्याउन भाड्न समेत ओलीले अटेर गरि बल्कि नेपाल खनालका सांसदहरुलाई कारबाही गरिरहेका छन्।

ओलीले अटेर गरेपछि नेपाल पक्षका सांसदहरु राजीनामा दिने मुडमा आइतबार दिँउसो संसद् सचिवालय सिंहदरबारमा भेला भएका थिए । ओली समूहका नेता विष्णु पौडेल ,सुवासचन्द्र नेम्वाङ नेपाललाई भेट्न पुगेका थिए। भेटपछि भोलि बिहाना ९ बजे सम्म ओलीलाई समय दिएर नेपाल पक्षले राजिनामा रोकेको छ।