Gold
Bangad salyan

प्रधानमन्त्री ओलीलेको आजै राजीनामा आउन सक्ने :कमल थापा

Salyan

वैशाख २७ ,काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे संसदमा विश्वासको मत लिदै छन् । त्यसैतर्फ संकेत गर्दै अध्यक्ष थापाले प्रधानमन्त्रीले विश्वासको मत गुमेपछि राजीनामा दिन सक्ने र फेरि प्रधानमन्त्री बन्न सक्ने पनि अनुमान लगाएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला, फेरि प्रधानमन्त्री बन्न सक्नुहोला,’ थापाले आज बिहान ट्वीट गर्दै भनेका छन्।

यस्तै जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरा सहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ,’ उनले भनेका छन्। प्रतिनिधि सभामा राप्रपाको एक सांसद छन्।