गृहमन्त्री बादल र वातावरणमन्त्री शक्ति बस्नेत सडकमा सवारी प्रदुषण जाँचगर्दै ,,
जेठ२० , काठमाडौं – गृहमन्त्री रामबहादुर थापाबादल र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सवारीसाधनको प्रदूषण जाँच गर्न उनीहरु सडकमा पुगेका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मन्त्रीद्वयले सडकमै निस्केर आइतबार बिहान प्रदूषण चेकजाँच गरेका हुन् ।
सवारीको छड्के चेकजाँचपछि गृहमन्त्री थापाले स्वस्थ वातावरणले मात्रै नागरिक स्वस्थ हुने भन्दै सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ ।
उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताए ।वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी पनि दिए ।
प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रबद्र्धनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उनको भनाइ छ । यो अभियानमा प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र यो क्षेत्रमा क्रियाशील संघसंस्थासँग पनि सहकार्य गरिने उनले बताए ।
प्रदुषण नियन्त्रण गर्न आ -आफ्नो ठाँउबाट अभियानमा लाग्न पर्ने बस्नेतले बताय ।, साथै कुनै पनि ब्याक्तिले सडकमा फोहर पालेको थाहापायमा उसलाई कार्बाही गर्न र फोटो समेत खिचेर फेसबुकमा हाल्न आग्रह समेत बस्नेतले गरेका छन् ।