रोग भन्दा भोक संग संघर्ष गरिबको आँगनिमा

जेठ ७ ,काठमान्डौ – विश्वमा महामारी फैलिरहेको कोरोनाको दोस्रो लहरले अहिले नेपालमा पनि उदण्ड मच्चाईरहेको छ। सरकार सत्ताको कुर्सि बचाउ अभियानमा रहेको बेला गाँउ घरका गरिबका घरमा छाकटार्न मुश्किल छ।यस्तो बेला उनीहरुको घर आगनीमा के चलिरहेको होला यस्तै परिस्तिथिमा मुग्लानबाट एक युवाको भनाई यस्तो छ।
के चलिरहेछ होला संदर्भ गरिबको आँगनिमा
आइपुग्दा बर्षदिनको पर्व गरिबको आँगनिमा ।
ची -ची पापा भनेर छोराछोरीले झिँज्याउँछन
कहाँ बाट जुटाउनु र खर्च गरिबको आँगनिमा ।


दुई छाक जोहोको लागि कहाँ कहाँ कुदिरह्यो
रोग भन्दा भोक संग संघर्ष गरिबको आँगनिमा ।
महामारी नाबालक जान्दैन के भनेर सम्झाउनु
मन मात्रै पिरोलिन्छ ब्यर्थ गरिबको आँगनिमा ।
चाडवाड खुशी बाड्ने थलो कथा मात्रै हो क्यारे
यहि चाडवाड बनिरहेछ नर्क गरिबको आँगनिमा ।।
दिपेन्द्र हिमजाली
चौरजहारी ८ रुकुम (पश्चिम) हाल : मुग्लान
