surkhet

जसपा ठाकुर महतो समूहले बोलायो संसदीय दलको बैठक

surkhet

जेठ ७ ,काठमान्डौ – जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दै छ ।

बैठकमा पछिल्लो राजनितीक अवस्थाबारे छलफलहुने बताईएको छ। यता जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गरिएको छैन ।

बैठकमा सबैलाई जानकारी गराईएको जसपा सांसद लक्ष्मणलाल कर्णले बताएपनि आफुहरुलाई बैठकको कुनै जानकारी नभएको जसपा सांसद प्रदीप यादवले बताए । ठाकुर-महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ।

Dailekh
Gorkha

उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ। जसपामा अहिले ३२ जना सांसद रहेका छन् । जसमा १८ देखि १९ सांसद आफ्नो पक्षमा रहेको ठाकुर महतो समूहले दाबि गर्दै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखिएपछि सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।

सोहि बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ । एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ । यस्तै विवेकशील साझा पार्टीले पनि राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्ने बताएको छ। कांग्रेसले पनि आकस्मिक संसदीय दलको बैठक बोलाएको छ।

salyan