राष्ट्रपतिले दिएको समय सकियो को बन्ला प्रधानमन्त्री

काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिएको छ।

यो समय भित्र दुई जनाले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव सहित सांसदको हस्ताक्षर लगेर राष्ट्रपतिलाई बुझाउने गरेर फर्कीएका छन्।विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रश्तुत गरेका छन्।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव – बाबुराम भट्टराई पक्षका सांसद र एमालेका खनाल-नेपाल समूहका नेताहरूको १४९ हस्ताक्षरसहित शितल निवास पुगेका थिए।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसंग १५३ जना सांसदको समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेर फर्कीएका छन् ।

केपी ओली आफूलाई माधव नेपाल खनाल समूहका सांसद पनि गन्ति गरेका छन् तर उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन र हस्ताक्षर गरिसकेका छन्।