त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु,

माघ ९ ,काठमान्डौ – चिनियाँ यात्रुहरुको सहयोगी हुनेगरी त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ ।

तेसैगरि आजैबाट हिमालय एयरलाइन्सले Kathmandu – Chongqing – Kathmandu सिधा उडान भर्न शुरु गरेको छ ।

नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सँख्यामा उल्लेख्य ब्रिद्धी हुने विश्वासले यो कार्यलाई अगाडी बढाईएको पर्यटनमन्त्रि योगेश भट्टराईले बताए ।

त्यसैगरी चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले पनि कार्य गरिरहेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन मन्त्रि भट्टराई अहिले विभिन्न देशमा पुगेर सहकार्य गरिरहेका छन्। र पर्यटकलाई नेपालमा निमन्त्रणा गरेका छन् ।

,हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण वर्षमा निमन्त्रणा गरेका थिए।