संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाईयो

काठमाण्डौ – प्रतिनिधिसभा विघटनको सबै मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् ।सबै रिटको सुनुवाई भोलि हुने छ।