सभामुख सापकोटा:संसद बचाउन म जस्तोसुकै कदम चाल्न पनि तयार छु
काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्।
प्रतिनिधिसभा विघटनपछि पछिल्लो चरणमा सभामुख सापकोटाले कानुनविद र पूर्व सभामुखहरु संग छलफल बढाईरहेका छन्।
सापकोटाले दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा संविधानविद्हरूसंग परामर्श गरेका थिए। निरन्तरको अन्तरक्रिया र नागरिकस्तरका सुझावपछि आफु यौटा निष्कर्षमा पुग्ने र जसको लागि आफू निरन्तर छलफलमा लागिरहेको उनले बताए।
सापकोटाले संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न तयार रहेकोपनि बताए। लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरूको छलफल पछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने उनले बताए ।
सापकोटाले अगाडी भने संसद्ले नै राष्ट्रपति र प्रधानमन्त्री जन्माउने हो उनीहरूबाटै संसद्माथिको अवमूल्यन स्वीकार्य हुँदैन ।यस्तै अदालतको अपहेलना र संसद्को अधिकार खोस्ने काम स्वीकार्य नहुने भन्दै सभामुख सापकोटाले विज्ञप्तिमार्फत धारणा राखिसकेको बताए।