नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने
जेठ १७ ,काठमान्डौ – नेपालगञ्जका मेयर धवलशमशेर राणाले राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि बिहान ९ बजे देखि मतदान सुरु भएको ।
मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्। लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।
निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ ।प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा पार्टीले समर्थन गरेको छ ।