रुकुम चौरजहारी

नेपाल खनाल पक्षले बोलायो केन्द्रीय समिति बैठक नयाँ पार्टी दर्ता गर्दै

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमालेको नेपाल – खनाल पक्षले भोलि ११ बजे बस्ने गरि केन्द्रीय समिति बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेताहरुले बताएका छन ।

श्रोतका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ ।

प्रधानमन्त्री केपि ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए ।

छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा छलफल गरिने नेताहरुले बताएका छन् ।