जेठ ३१ सम्म निषेधाज्ञा थपियो खाद्यान्न पसल ९ बजे सम्म खोल्न मिल्ने

काठमाडौं – उपत्यकामा जेठ् ३१ गते सम्म निषेधाज्ञाको समय थप गरिएको छ ।

काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार बैठकम निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार स्वास्थ्य मापदण्ड पालन गर्दै २१ गतेबाट बिहान ९ बजे समम किराना खाद्य पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाईने छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ सम्म ल्याइएको थियो।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

 बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सार्वजनिक निजि सवारी साधन तत्काललाई खोल्न नमिल्ने बताए ।

कोरोना संक्रमन अझै कायम भएको हुँदा सवारीसाधन खोल्दा झनै जटिल हुनसक्ने  ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यस्तै बैठकमा सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए ।

निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको हो ।