सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा निर्घात कुटपिट
जेठ २९ ,सुर्खेत – सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि वीरेन्द्रनगर सुर्खेतमा आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टकानुसार भने ज्ञानेद्र शाहीको समूह र स्थनीयबीच झडप भएको बताउछन।
यो आक्रमण भन्दापनि दुवै समूहबीच झडप भएको हो ,प्रहरीटोलि घटनास्थलमा पुगेर उद्दार गरेको छ उनले भने। त्यस्तै घाईतेहरुको अवस्था भने सामान्य भएको उनले बताए।
शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको सामाजिक संजालमार्फत उल्लेख गरेका छन् ।
त्यस्तै ज्ञानेन्द्र शाही समूहमाथि सुर्खेतमा आक्रमण भएको जानकारी पछि सामाजिक अभियन्ता हेमराज थापापनि सुर्खेतमा पुगेका छन्। सो समूहले अहिले निषेधाज्ञाको बेला अफटेरोमा परेका हरुलाई विभिन्न सहयोग गर्दै आईरहेका छन्।
शाहीको समूहमाथि आक्रमण भएपछि चौतर्फी विरोध भईरहेको छ। निषेधाज्ञाको बेला दुखि गरिबलाई राहत बाँडन हिडेकाहरुमा आक्रमण हुने अपराध भएको भन्दै तत्काल दोषीमाथि कारबाही हुनुपर्ने माग छ। शाहीमाथि एक वर्ष पहिलेपनि सुर्खेतमा आक्रमण भएको थियो भने चितवनमा पनी शाहीलाई निर्घात कुटपिट गरिएको थियो।