रुकुम चौरजहारी

महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने नाथुराम गोड्से जस्तै ओलीलाई पनि हान्न तयार छु काँग्रेस सांसद वैद्य

रुकुम आठ विसकोट

जेठ २९ ,काठमान्डौ – वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ ।

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् भने यदि आईपरेमा नाथुराम गोड्से आफुने बन्ने समेत उनले बोलेका छन्।

नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । करिब ६ मिनेट बोलेका वैद्यले भने ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ ।

यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।

उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् । संसदबाटनै उनले यस्ता आपत्तिजनक शब्द बोल्दा समेत उनलाई सभामुख वा कुनै ब्याक्तिले रोकेनन।वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका छन् ।

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन  शर्माले ट्वीट मार्फत जानकारी गरेका छन् ।