आज थप २ हजार ४०७ जनामा कोरोना संक्रमण फेला ३,९४४ निको

काठमान्डौ – गत २४ घन्टामा पछिल्लो समयलाई हेर्दा नेपालमा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण फेला परेको छ। पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ९४४ डिस्चार्ज भएका छन् भने ४६ जनाको दुखद निधन भएको छ। हाल देशभर सक्रियक संक्रमितको संख्या ६८ हजार ९५५ छन् भने ५४८ जना क्वारिनटिनमा रहेका छन।

त्यस्तै धेरैजस्तो बिरामीहरु घरमै क्वारिनटिनमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार धेरैजस्तो मानिसहरु पीसीआर चेक जाँच गर्न नजाने गरेको तथ्यांक खुलेको जनाएको हो।

पछिल्लो समय कोरोनाको हटस्पट भन्दै आएको बाँकेको नेपालगंजमा आहिले कोरोना का बिरामी घटेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले शंका लागेका सबै बिरामीहरु चेक जाँच गर्न जानुपर्ने पनि जनाएको छ। मन्त्रालयले निकालेको ७ प्रदेशको सक्रिय संक्रमितको संख्यालाई हेर्द्दा सबै भन्दा कम कर्णालीमा ५ प्रतिशन सक्रिय बिरामी रहेको र सुदुरपस्चिममा ९ प्रतिशतका बिरामी रहेको जनाएको छ।

१८ वर्ष भन्दा तलकालाई कोरोना अखोप स्वीकृत नभएको हुँदा खोप स्वीकृत भएपछि मात्र लगाईने पनि मन्त्रालयले जनाएको छ।