सुर्खेतमा असार १० सम्म निषेधाज्ञा थप खाद्यान्न पुस्तक पसल खोलिने
जेठ ३१ ,सुर्खेत – कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म निरन्तरता दिईएको छ । जिल्ला कोभिड,१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले केही परिमार्जन गरेर खुकुलो बनाएर १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
त्यस्तै बैठकमा बिहान ६ बजे देखि ११ बजे सम पसल खोल्न दिने निर्णय गरेकोपनि रिजालले बताए। निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ भने खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
होटेल रेष्टुरेन्ट र खाजा पसल पूर्ण रुपमा बन्द अहुने छन् भने होमडेलिभरी भने गर्न मिल्ने बैठकले निर्णय गरेको छ। अत्यावस्यक वाहेकका सवारी साधनहरु सबै रोक्का हुने छन्।
सुर्खेतमा अझै कोरोना संक्रमण जटिल देखिएको हुँदा निषेधाज्ञा असार १० गतेसम्म निरन्तरता दिईएको पाईएको हो नेपालमा कोरोन भाईरस संक्रमणको दोस्रो लहर सुरु भएपछि गएको वैशाख २५ गतेबाट जिल्ला प्रशाशनले निषेधाज्ञा जारी गरेको थियो।