गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिदै

असार २ ,पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने गरी तयारी थालेका हुन् ।

विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ ।

गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री पोख्रेललेको सरकारले हिजोनै नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ विश्वासको मत लिएपछि बजेटमाथि थप छलफल गर्ने सरकारको तयारि छ ।