गोरखामा पहिरोले घर पुर्दा दम्पतीको ज्यान गयो

असार १९,गोरखा- केहि दिनको अविरल वर्षाले गोरखामा पहिरोले पुरेर दम्पतीको ज्यान गएको छ । सिरानचोक गाउँपालिका,७ उपल्लो गोहोरेमा पहिरोले पुर्दा ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको हो।
बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको पहिरोले एक तले कच्ची घर पुरिँदा घरमै रहेका पाण्डे दम्पतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए । उनीहरुको शव खनेर निकालिएको डीएसपी दाहालले जानकारी दिए ।
