Gold

प्रचण्ड नेपालबीच कोटेश्वरमा छलफल

Naumule Migrate

असार २२ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन अध्यक्ष दाहाल मंगलबार जनकपुर पुगेका थिए।

दाहाल फर्किएर एयरपोर्टबाटै सिधै कोटेश्वर पुगेका थिए ।एमाले भित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेको बेला नेपाल र दाहालबीच भेटवार्ता भएको हो ।छलफलमा एमाले विवादको विषयमा नेता नेपालको धारणा बुझेको उनको सचिवालयले जनाएको छ ।

 

 

Naumule Badhipahiro