गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा नयाँ सडक खन्न नपाईने

गोरखा – गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा नयाँ सडक खानन नपाईने भएको छ। आगामी आर्थिक वर्षबाट याँ सडकको ट्रयाक खोल्न नपाईने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको गाँउपालिकाक अध्यक्ष विष्णु भट्टले बताए।

जताभावी नयाँ सडक खोल्दा बाढी पहिरो जाने घरहरु भत्किने ,भएका सडक समेत क्षतिग्रस्त बनेपछि नयाँ सडक खोल्न नदिने निर्णय भएको छ भट्टले भने। यस्तै भट्टका अनुसार हाल भईरहेको सडकलाई स्तरोन्नति गर्दै लगिने छ।

सडक खोल्नै परेमा ठाँउ भएमा गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यकताको आधारमा निर्णय गरिने पनि उनले जानकारी दिए । गाँउपालिकाका सबै वडामा सडक पुगिसकेकोले पनि नयाँ सडक खन्नुपर्ने आवस्यक नरहेको भट्टले बताए।

नयाँ सडकमा रकम खर्च गर्नुभन्दा हाल भइरहेका सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्न मिल्ने गरी नाला बनाउने ग्राभेल तथा ढलान गरेर सडक स्तरोन्नति गर्ने योजना बनाएका छौं उनले भने।