बाटोमा हिड्ने भतुवा मनस्तिथि बिग्रेकाहरुले माओवादी केन्द्र खारेजको कुरा गर्न मिल्दैन : नारायण बिडारी
असार २६, काठमान्डौ – वरिष्ठ अधिवक्ता राष्ट्रिय सभा सदस्य राम नारायण बिडारीले बाटोमा हिड्ने बटुवा भतुवा र मनस्थिति बिग्रीएकाहरुलेनै माओवादी केन्द्र खारेजको कुरा गर्ने गरेको बताए ।
पुर्व माओवादी केन्द्रका केही नेताहरु माओवादी केन्द्र खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिन गएका छन नि भन्ने रंग दर्पनको प्रश्न मा बिडारीले भने ती मनस्थिति बिग्रेका भतुवा हुन ।
अब अहिले उनिहरुले भनेको कस्ले सुन्छ र ? यस्तै ती पुर्व माओवादीका नेताहरु नभएको पनि बिडारीले बताए । ती ब्यक्तिहरु कहिले माओवादीका केन्द्रिय सदस्य बन्न आउँछन कहिले एमालेको केन्द्रिय सदस्य हुन जान्छन ।
कता कता मन्त्री पनि थिए रे ? भन्ने सुनेको अहिले सर्वोच्चले मन्त्रीबाट बर्खास्त गरे पछि मनिस्तिथी बिग्रेर भतुवा भएर हिड्ने गरेको बिडारीले बताए ।केहि दिन मन्त्री भए र कमाएको पैसाले भाडाको वकिल किनेर निर्वाचन आयोगमा निवेदन दिदैमा माओवादी केन्द्र खारेज हुने हो र उनले भने ।
त्यसो त कोहि भोलि अन्य पार्टी आउलान कोहि एमाले पार्टी खारेज गर्न जालान बाटोमा हिड्ने भतुवाको काम नै तेति हो उनले भने ।२०६९ साल सम्म आफ्नो पार्टी नेकपा माओवादी भएको र २०७३ सालमा अधिवेशन गरेर माओवादी केन्द्र भएको पनि बिडारीले बताए ।
त्यस्तै २०७५ सालमा नेकपा भैइ पार्टी दुई बर्ष चल्यो र अहिले सर्वोच्चले पार्टी विभाजनको फैसला गरेपछि हामि माओवादी केन्द्रमा छौ उनले भने ।माओवादी केन्द्रको अधिवेशन गर्ने समय आयो भने निर्वाचन आयोगलेनै स्वयं जानकारि गर्ने बिडारीले बताए। बाटोमा हिड्ने भतुवाले माओवादी केन्द्रको नाम लिने कुनै हकदैया नरहेको समेत उनले बताए ।
पार्टीले गर्नुपर्ने काम अभिलेख छ छैन आयोगले आफै भन्छ । संविधानमा नै उल्लेख छ कुनै पनि पार्टी खारेज हुने छैन कुनै पत्रीका खारेज हुने छैन भनेर भाडाका वकिलले दिएको निवेदन आयोगले नहेर्ने समेत उनको भनाई छ ।
अहिले जन्ताले प्राप्त गरेको सत्ता र देशको संविधान माथी भारतीय डिजाइनमा आक्रमण भैइरहेको छ ।हामी त्यस्को रक्षामा छौ जहाँ बाढी पीडित छन जहाँ कोरोनाका बिरामीलाई स्वास्थ्य सामग्री अपुग छ हामी त्यसमा केन्द्रित भएका छौ ।
विदेशमा रहेका नेपालीहरुले कोरोनाका सामग्रीहरु हामीलाई सहयोग गरिरहनु भएको छ । अबैधानिक सरकारलाई खबरदारी गरिरहेका छौ ।
सत्ता बाहिर हुँदा गर्ने काम यिनै हुन अरु के नै गर्न सकिन्छ र बिडारीले भने ।अहिले भारतीय डिजाईनमा मिलेर कम्युनिस्टका महासतुरहतुले आक्रमण गरिरहेका छन ।भारतको पैसामा विभिन्न खेल खेलिरहेका छन हामी त्यस्तालाई परास्त गर्नेमा लागि परेका छौ उनले भने ।
गठबंधन गरेर नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तपाईंहरुलाई धोका दिनु होला भन्ने प्रश्नमा बिडारीले भने यति लामो ईतिहास बोकेका नेताले त्यस्तो गर्नुहुन्छ भन्ने हामीलाई लाग्दैन ।धोका त कम्युनिस्टको खोल ओडेर मजाक गर्न आउने केपि ओली जस्ता ब्याक्ती र उनका पछि लाग्ने भतुवाले हो उनले भने ।
भारतीय डिजाईनमा मिलेर नेपालको संविधान समाप्त पर्न खोज्ने कम्युनिस्टका सतुरहरुलाई परास्त गर्न भनेरै हामिले गठबन्धन गरेका हौ यो यक छिनको लागि होईन हामी धेरै लामो समयसंग अगाडि बढ्ने भनेर गठबन्धन गरेका हौ बिडारीले भने ।
जुन बेला कम्युनिस्टको नेता वा नाम लियो भनेपनि ज्यान गुमाउनु पर्थ्यो त्यस्तो बेला पनि नेकपा एमालेको १५ बर्ष पार्टीका अध्यक्ष र १५ बर्ष महासचिव बनेर एमाले टिकाउने नेताले हामिलाई धोका दिनुहुन्छ भन्ने हामीलाई लाग्दैन बिडारीले भने ।फाईल तस्वीर