केपि ओलीको निर्देशन :आन्दोलनमा जुट्नुहोस देउवालाई प्रधानमन्त्री बन्न दिनुहुन्न
काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो लागि विभिन्न जिल्लामा आन्दोलन गर्न निर्देशन दिएका छन ।
उनले निर्देश दिए लगतै केपि ओलीको समर्थ भन्दै आन्दोलन सुरु गरिएको छ ।आज उनको समर्थन गर्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय युवा संघ महोत्तरी र अनेरस्ववियु लगायत सम्पूर्ण युवा नेता र पार्टी कार्यकर्ताको उपस्थितिमा समर्थमा र्याली सम्पन्न भएको थियो ।
ओलीले केही दिन अगाडि वालुवाटारबाट आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिए लगतै आन्दोलन गर्न ओली पक्षका कार्यकर्ता सडकमा उत्रिएका हुन ।
आफ्नो पार्टीलाई चौतर्फी आक्रमण भएको र आफ्नै पार्टीका नेता सांसदहरुले विपक्षी गठबंधन नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै ओलीले आन्दोलन गर्न आग्रह गरेका थिए ।
२८ गते सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री घोषण गर्दै छ । ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसंग वार्ता छलफल गरेपनि कुनै सहमतीय भएको छैन ।
ओलीले गैर संबैधानिक ढंगले गरेका काम कारबाही सर्वोच्चले सबै बदर गरेपछि ओली अहिले निकै तनाबमा छन । उनको साथमा अहिले जम्मा पाँच जना मन्त्री छन ।