surkhet

बिहे गरेको तीन दिन सम्म बेहुला बेहुलीले दिशा पिसाब गर्न नपाईने

surkhet

असार २६,काठमानडौ – इण्डोनेसियामा नवविवाहित जोडिलाई बिहे गरेको तीन दिन सम्म शौचालय जान प्रतिबन्ध लगाईने गर्द छ ।
इण्डोनेसियाको टिडंग समुदायमा यस्तो अनौठो परम्परा छ यो उनिहरुको परमपरागत संस्कार हो । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्ने गर्दछन ।

यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान नदिने उनिहरुको परम्परा छ ।

अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ भने ती जोडिलाई खराब नजरबाट बचाउनु उनिहरुको भनाई छ ।

Dailekh

मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्दछ ।

Gorkha

त्यसले उनीहरुको दाम्पत्य जीवनमा समस्या ल्याउन सक्दछ र सम्बन्धमा फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।

बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा त्यो उनीहरुका लागि निकै हानिकारक हुनसक्ने मान्यता उनीहरुमा छ ।

त्यसो गर्दा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्ने बताईनछ । यो परम्परा निभाउन बेहुला बेहुलीलाऐ खाना तथा पानी कम दिने गरिन्छ भने उनिहरुमा कडा निगरानी पनि गरिने गर्दछ।

नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ ।

यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ । एजेन्सी ।

 

 

 

salyan