Gold
Bangad salyan

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न झलनाथ खनालको उपचार खर्च राज्यले तिर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो

Salyan

असार २६, काठमान्डौ – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपि ओलीलाई एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो भनेर प्रश्न गरेका छन ?

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लागेको खर्छ सरकारले व्यहोर्ने निर्णय गरेपछी राज्य कोषबाट उपचारका खर्च दिनु कानून विपरीत भएको थपाले बताएका हुन।

थापाले उच्च ओहोदामा बसेका व्यक्तिको उपचार गराउँदा मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलनलाई हटाएर उपचार खर्च नव्यहोर्ने कानून बनेको ओलीलाई स्मरण गराए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै २०७४ सालमा ल्याएको जनस्वास्थ्य विध्येक विदेशमा उपचार गर्न लाग्ने खर्च सरकारले उपलब्ध नगराउने व्यवस्थासहित पारित भएको थियो ।

उक्त कानून २०७५ साल असोज २ गतेदेखि नै लागू भैसकेको समेत नेता थापाले प्रधानममन्त्रीलाई स्मरण गराएका हुन ।

कानूनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न मिल्दैन थपाले भनेका छन ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखीएपछि अहिले भारतमा उपचार गरिरहेका छन ।