झलनाथ खनालको स्वास्थ्यमा राजनीतिक मजाक
काठमाडौं – नेकपा एमालेका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा राजनीतिक मजाक उडाईएको छ ।जसले गर्दा खनालका सुभचिन्तक र परिवारप्रति दुख पर्नसक्छ भन्ने समेत हेक्का नराखेर विभिन्न टिकाटिप्पणी भईरहेका छन्।
खनालको मिर्गौलामा समस्या भएपछि उनि अहिले दिल्लीमा उपचार गरिरहेका छन्।यो भन्दा अगाडी खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो।
स्वाथ्यमा सुधार नहुने देखिएपछि चिकित्सकले दिल्ली लैजना आग्रह गरेका थिए। उपचार गरिरहेका नेता खनालको उपचारखर्च निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वेहोर्ने बताएका थिए।
हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भेटमा प्रचण्डको मोबाईलबाट खनालसंग कुरा गरेका थिए। देउवाले खनालको स्वास्थ्य लाभको कामना ब्यक्त गर्दै उपचारखर्च सरकारले व्यहोर्ने बताएका थिए ।
यता भने नेपालि कांग्रेसका नेता पूर्वस्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले खनालको स्वास्थ्य उपचारमा लागेको खर्च सरकारले नतिर्ने भन्दै विरोध गर्दै आईरहेका छन्।
थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बता। २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ।
पूर्वस्वास्थ्य मन्त्री थापाले उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेको बताएका छन्।यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।
कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ थापाले भने। खनालको उपचारमा के कति लाग्छ भन्ने कुनै जानकारी छैन। उपचार गरिरहँदा आवस्यकपरे उनका सुभ चिन्तक परिवार ,पार्टी ,देशविदेशबाट पनि खर्च जुटाउन सक्छन भन्ने नबुझेर विभिन्न टिकाटिप्पनि गर्नु उचित नहुने जानकारहरु बताउछन।