सल्यानको बनगाड कुपिण्डे रैकर गंगटेमा तिन तलाको घर ढल्यो दुइ जना घाईते

साउन ६ सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ गंगटेमा रहेकाे भेरि हाइवय हाेटल भएकाे ३ तले घरकाे जग भाँसिएर भत्किदाँ २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा हाेटलमा काम गर्ने रुकुम पश्चिम सानाेभेरी गाउँपालिका ८ का १३ वर्षीय युवराज डाँगी र ग्रहाक सल्यान कुमाख गाउँपालिका २ का ५० वर्षीय लिल बहादुर रावत रहेका छन्।

रैकर निवासी विनोद शाहले एक बर्ष अघि देखि उक्त होटेल संचलान गरेका थिए। घाईते युवराज डाँगीलाई उपचारको लागि नेपालगंज रिफर गरिएको स्थानीय हेमु ओलीले रंग दर्पणलाई बताए। ओलीका अनुसार घर आज बिहान आफै भासीएको बुझीएको हो।घर पूर्णरुपले क्षति ग्रस्त बनेको छ थप क्षति विवरण आउँ बाँकी छ।

तस्विर :हेमु ओली