जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई महन्त अब के गर्छन्

काठमान्डौ – जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।

निर्वाचन आयोगले सोमबार पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको ‘हेड काउन्ट’ गरी बहुमत सदस्य रहेको भन्दै उपेन्द्र पक्षलाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खोलीदिएको पनि बताएको छ । यस्तै जसपाका सांसद रेशम चौधरी कारागारबाट आधिकारिकताको निर्णयमा हस्ताक्षर गर्न पुगेपनि उनी तठस्ट रहेका थिए ।

जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएपछी महन्त ठाकुरको अहिले सम्मको राजनीतिक यात्रामा ब्रेक लागेको छ । अब उनले नयाँ दल दर्ता गरेर अगाडि बढ्नुपर्ने छ ।