सिनामंगलको एक होटेलबाट १ किलो सुनसहित भारतीय प,क्राउ

साउन २० ,काठमान्डौ- सिनामंगलको एक होटेलबाट १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना भारतीयलाई प्रहरीले प,क्राउ गरेको छ।
प,क्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेका छन् ।

सिनामंगलको सिरहा मल्हनिया होटलबाट उनीहरुलाई प,क्राउ गरिएको उपत्यका अपराध अनुसनधान कार्यालययले जनाएको छ।

उनीहरुले वैदेशिक रोजगारबाट आउने व्यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्यौअने गरेको अनुसन्धानमा खुलेको छ। प,क्राउ परेका उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।
