अवसर आए राजनीतिमा आउँछु : पारस खड्का

साउन २० ,काठमान्डौ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले तत्कालका लागि आफू क्रिकेटको व्यवस्थापनमा आउन बताएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका पारसले तत्कालका लागि क्रिकेटको व्यवस्थापनमा आउने बताएका हुन्।
अन्तर्राष्ट्रिय खेल जीवन सकिएपछि व्यवस्थापनमा आऊँला वा पदाधिकारीमा आऊँला, कोषाध्यक्ष होऊँला वा अध्यक्ष होऊँला। तर ममात्र भएर हुन्न अहिलेको स्टक होल्डरहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्नेछ’, पारसले भने, ‘त्यो बाटो कठिन पनि छ सजिलो पनि ।

यस्तै उनले अगाडी थपे एकसेएक राम्रो खेलाडी क्याप्टेन बन्न सकेका छैनन्। राम्रो क्याप्टेन, राम्रो प्रशिक्षक बन्न सकेका छैनन्। खेलाडीहरू व्यवस्थापक बन्न सकेका छैनन्।

क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ। सही अवसर आए म त्यसबारे सोच्नेछ। यस्तै पारसलाई राजनीतिकमा आउने वा आउनेबारे पत्रकारहरूको प्रश्नमा अवसर आए आफू राजनीतिमा आउनसक्ने बताए।
