गैँडाकोटमा बस दुर्घटना मृ,त्युु हुने तीन जनाकै सनाखत

भदौ २९ काठमान्डौ – मंगलबार बिहान पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० स्थित ‘२३ स्मृति पुल’ नजिक भएको सवारी दुर्घटनामा मृ,त्यु भएका तीन जनाकै सनाखत भएको छ ।

बर्दिया जिल्ला बासवारी नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ७० की योग माया सुवेदीको भरतपुर सरकारी अस्पताल, चितवनमा, कञ्चनपुर जिल्ला बस्ने बर्ष अन्दाजी ३५/४० कि रंगी तिरुवाको नयाँ मेडिकल कलेज, चितवनमा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०/३५ को कृष्ण रानाको नयाँ मेडिकल कलेज, चितवनमा मृ,त्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताए ।

पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रकले पूर्वबाट पश्चिम (काकँडभित्ता देखि महेन्द्रनगर)तर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्वरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खसेको थियो ।

lekbesi

ट्रक र बसका दुबै चालक घाइते भएका छन , हाल उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।