दैलेखमा शिक्षकलाई ह,त्या गर्ने महिला प,क्राउ

दैलेख -दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको ह,त्यामा संलग्न भएको भन्दै प्रहरीले एक महिलालाई प,क्राउ गरेर सार्वजनिक गरेको छ ।

शिक्षक बिसीको हत्या गरेको भन्दै छिमेकी २५ वर्षीया मुना रानालाई प्रहरीले सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानमा मुनाले नै शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी ह,,त्या गरेको स्वीकार गरेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए।

गुराँस गाउँपालिका,८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको ह,त्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।

lekbesi

मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको डीएसपी श्रेष्ठले बताए। शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा कार्यरत थिए । ४२ वर्षीय शिक्षक बिसीको शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो ।