बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा ५० हजार तिरेर रिहा भए,
असोज ५ ,मुम्बई – बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । राजले प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न नपाउने गरि अदालतले उनलाई ५० हजार जरिवानामा रिहा गर्न आदेश दिएको हो।
राजमाथि इन्टरनेटको माध्यमबाट पोर्नोग्राफीको व्यापार गरेको आरोप लागेको छ । गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएपछि पुलिसले अनुसन्धान गरेको थियो।भारतको कानुनले पोर्नोग्राफीलाई निषेध गरेको छ ।
मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिएर अश्लिल फिल्म छायाँकन गर्ने गरेको पुलिसले जनाएको छ। राजले पोर्नोग्राफी फ्लिम बनाउने र बिजनेस गरेको प्रहरीमा उजुर परेपछि उनलाई २७ जुलाईमा प्रहरीले पक्राउ गरेको थियो। मुम्बई पुलिसका अनुसार नयाँ नयाँ कामको खोजीमा आउने सिधा सोझी केटीलाई यो कामको लागि फसाउने गरिएको बुझीएको छ।
उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । सोहि दिन देखि उनि निरन्तर जेलमा थिए।
राजमाथि मोडलहरु शर्लिन चोपडादेखि पूनम पाण्डेले गम्भिर आरोप लगाएका थिए । राजको साथमा उनको आइटी प्रमुख रायन थार्पको जमानतको आग्रहलाई पनि अदालतले अनुमती दिएको छ । अदालतले जमानतको आग्रहमा मुम्बई प्रहरीको पनि जवाफ मागेको थियो । प्रहरीले १५०० पेज लामो चार्जशिट प्रस्तुत गरेको थियो ।