ईपीएल खेल्न क्रिकेट शाहिद अफ्रिदी काठमाण्डाै आइपुगे

असोज ७, काठमान्डौ – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन् ।
चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिदीले काठमाण्डौ किङ्ग्स,११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्ने छन् ।

४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी-२० मा एक हजार चार सय १६ रन बनाएका छन् ।यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी-२० मा ९८ विकेट लिएका छन् ।
