Gold

प्रेमिकालाई विष खुवाएर भिड बाट धकेल्ने युवा पक्राउ

Naumule Migrate

ताप्लेजुङ – प्रेमिकालाई विष खुवाएर भिड बाट धकेल्ने युवा पक्राउ परेका छन्। गत शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या आरोपमा फुङलिङ नगरपालिका,१० फुरुम्बुका ट्याक्टर चालक राम कार्कीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

पक्राउ परेका कार्कीले हत्या गरेको स्वीकार गरिसकेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए। आफूहरू नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर फुङलिङ नगरपालिका,५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन् राणाले बताए।

कार्कीले युवतीलाई मोटरसाइकलमा लगेर निकै नाटकीय ढंगले धकेलेको देखिन्छ। धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो हामि घटनाको थप अनुसन्धन गरिरहेका छौ राणाले भने।

पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शंका गरेर किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पक्राउ नगरेपछि आफन्तले आपत्ति जनाएका थिए। उनीहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी सोमबारदेखि हडताल लगायत कार्यक्रम गर्ने चेतावनी दिएका थिए ।

कार्की भने शनिबारसमेत ट्याक्टर लिएर सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक गएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँग बस्दै आएकी पुष्पाले बिहीबार बेलुका उनै कार्कीसँग कुराकानी गरेको र राति हराएको परिवारले बताउँदै आएका थिए । पुष्पाको शव जिल्ला अस्पतालमा राखिएको छ हालसम्म पोस्टमार्टम हुन सकेको छैन ।

 

Naumule Badhipahiro