Gold

शारीरिक सम्बन्ध राखिरहेकोबेला महिला झ्यालबाट तल खसिन अस्पताल भर्ना

Naumule Migrate

असोज ११, काठमान्डौ – आफ्नो प्रेमीसंग शारीरिक सम्बन्ध राख्ने क्रममा महिला बाल्कोनीबाट खस्दा पार्किङमा राखिएको कारमाथि खसेकी छिन ।

कारको छतमा महिला पछारिँदा कारको छत भाँचिएको छ भने उनी बाँच्न सफल भएकी छिन्। प्रेमीसँग ताइवानको ताइपेइमा एक अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्ने क्रममा अचानक उनी चिप्लिएर तल खसेकी थिइन् ।

यो घटना सेप्टेम्बर ५ मा भएको द रिपोर्टले जनाएको छ छ। घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ।
भिडियोमा महिला कारमाथि खस्दै गरेको देख्न सकिन्छ।

खसिसकेपछि महिलाले आफ्नो शरीरको पछाडिको भाग छाम्दै गरेको देख्न सकिन्छ। भिडियोमा उनी खसिसकेपछि उनका पार्टनर समेत दौडिँदै आएको देख्न सकिन्छ।

समाचारका अनुसार उनलाई उनका पार्टनर आएर अस्पताल लिएर गएका थिए। उनलाई पिठ्युँमा सामान्य चोट लागेको बताइएको छ।

उनलाई पूरै निको हुन केही समय लाग्ने र अहिले उनको अवस्था स्थिर रहेको समाचारमा जनाइएको छ। यो जोडीले कारमा भएको क्षतिको पैसा पनि तिर्नुपरेको थियो। यो कार त्यही अपार्टमेन्टमा बस्ने एक छिमेकीको थियो।एजेन्सी

Naumule Badhipahiro