प्रचण्डले चुनावमा गरेको वाचा पुरा गरेपछि जन्ता खुसी

चितवन -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले निर्वाचनका क्रममा गरेका बाचालाई नबिर्सेकाे उल्लेख गर्दै सोही बाचाअनुसार काम धमाधम अगाडि बढिरहेको बताउनुभएकाे छ ।

चितवनको माडी नगरपालिका–९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताउनुभयाे । ‘

मैले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उहाँले भन्नुभयाे ।

रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल, र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ, अध्यक्ष प्रचण्डले भन्नुभयाे, सुकुमबासी बस्ति हनुमान झुलामा बिजुली बत्ति विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।

’ उहाँले भूमिहीन सुकुम्बासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताउनुभयाे ।

एक अर्काे प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री ओलीले माडीमा प्रपोगान्डाको लागि राम मन्दिरको बनाउने घोषणा गरेको बताउनुहुँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभयाे ।

माडी नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रशासन चितवनको संयूक्त आयोजनामा नागरिकता वितरण कार्यक्रम भएको छ । ७३ बर्षिय हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष प्रचण्डले कार्यक्रमको उद्धाटन गर्नुभएकाे थियाे ।

फूलमायॉ प्रजाले ७२ बर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातवाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिनुभएकाे थियाे । अर्की ७४ बर्षीया कृष्णमायॉ घलानले नागरिकता हातमा पाउँदा दङ्ग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गर्नुभयाे ।

सो अवसरमा ७३ बर्षीया हरिमायॉ प्रजा ,७२ बर्षिया फूलमायॉ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।