Gold

महाधिवेशनका लागि कांग्रेसले सात वटै प्रदेशमा तोकेका संयोजक को को हुन्

Naumule Migrate

काठमान्डौ – नेपाली कांग्रेसले आसन्न महाधिवेशन व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक तोकेको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा सम्पन्न पदाधिकारी बैठकले प्रदेश महाधिवेशन गराउन सातै प्रदेशमा संयोजक तोकेको हो।

बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई तोकेको छ।

त्यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले जिम्मेवारी पाएका छन्। पदाधिकारी बैठकको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको थियो ।

Naumule Badhipahiro