Gold

कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आह्वान संवादमा आउनुस

Naumule Migrate

कार्तिक २९ ,काठमान्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छोडेर संवादमा आउन आग्रह गरेका हुन्।

कानुन र संविधानको व्याख्यामा उठेका वा उठ्न सक्ने विवादको रिरुपण गर्ने राज्यको अंगको रुपमा न्यापालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास हो। आज न्यापालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरु हामीतिर सोझीएका छन्।

पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने छ आन्दोलनबाट हैन जबराले विज्ञप्तिमा भनेका छन्। वर्तमान परिस्तिथिमा देखिएका गतिरोधको सम्बोधनको उपयुक्त विकल्प संवादनै भएको हुँदा नेपाल बार एसोसीएसन् र सर्वोच्च अद्लात बार एसोसीएसन्लाई संवादका लागि आवहान गर्दछु।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गरेका छन्।

Naumule Badhipahiro