जुवा खालबाट पक्राउ परेक कांग्रेस जिल्ला सभापति ७ हजारमा छुटे
कार्तिक २९ काठमान्डौ – नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा ७ हाजार धरौटीमा रिहा भएका छन्। जुवा खेलिरहेको अवस्थामा कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
जुवा खालबाट ६ लाख नगद सहित प्रहारिले पक्राउ गरेर मुद्दा चलाएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालका अनुसार उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गरिएको हो।