१ करोड मूल्यमा बिक्रि भयो कृष्णा साँढे
कार्तिक २९ ,बेङ्गुलर – भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला-२०२१ को मुख्य आकर्षण बनेको एक साँढे करिब १ करोड मूल्यमा बिक्रि भएको छ।
करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे कृषि मेलामा हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्।
एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वीर्य दिने गरेको छ । एक डोज वीर्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग बताएका छन्। हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको पाईएको छ।