न्यालयको विवादमा बल्ल गठबन्धनले मुख खोल्यो

काठमाडौँ – सर्वोच्च अदालतमा देखिएको विद्यमान विवादमा गठबन्धनले बल्ल मुख खोलेको छ। हिजो सम्म न्यालयको विवादमा राजनीतिक हस्तक्षेप नगर्ने भनेको गठबन्धनले आज भने विज्ञप्ति निकालेर सर्वोच्च अदालतमा देखिएको विवाद तत्काल समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई आग्रह गरेको छ।

सत्ता गठबन्धनले मंगलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्ने गरी निकास दिन प्रधानन्यायाधीश जबरासँग आग्रह गरेका हो। पाँच दलीय गठबन्धनले विज्ञप्ति जारी गर्दै यतासक्य छिटो निकाश दिन प्रधानन्यायाधीशलाई आग्रह गरेको छ।