अमेरिकी सहायक विदेशमन्त्रीले ओलीलाई भने एमसीसी के गर्ने

मङ्सिर ३ काठमान्डौ – अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे शिर्ष नेताहरुलाई भेटेर स्पष्ट जवाफ मागेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको हो ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) के हुन्छ भनेर जिज्ञास राखेको बुझीएको छ।

जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग कुनै छलफल नभएको बताए। सत्तापक्षले हामीलाई एमसीसीबारे केहि सोधेको छैन।

सत्तापक्षको औपचारिक धारणा आएपछि मात्र एमालेले जवाफ दिन्छ ओलीले लूको भेटमा भने।भेटमा अध्यक्ष ओलीले कोभिड-१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।