चितवनमा महाधिवेशन राखेर मलाई र माओवादीलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफू र आफ्नो पार्टीलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको बताएका छन् ।
रौतहटको कटहरीयमा शनिबार आयोजित आमसभालाई संम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्ड र माओवादी पार्टीलाई सिध्याउन चितवनमा महाधिवेशन कार्यक्रम राखीएको छ ,तर त्यो सम्भव छै। जनताका तागतअघि केही नलाग्ने उनले बताए ।
अब यहाँबाट म चितवन जाँदैछु । चितवनमा अस्ती सानो पार्टीको महाधिवेशन भइसक्यो । अर्को अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दैछन् चितवनमा । मैले उनीहरुलाई भनेको छु धन्यवाद ! तिमीहरुले चितवनलाई खुब माया गरेका छौ । प्रचण्डलाई माया गरेका छौ । त्यसकारण तिमीहरु चितवन आउँदै छौ । तर तपाईंहरुले बुझ्नुभयो होला ।


उनीहरु किन चितवन गएका प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । यस्तै दाहालले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिए ।
म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला बालबालिका, उत्पीडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिए ।
तर, संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोके दाहालले भने । यस्तै उनले अबको चुनावमा नेकपा माओवादी फेरि एक नम्बर पार्टी बन्ने पुरै सम्भावना रहेको दाबी गरे।
उनले कार्यक्रममा हाल बन्द रहेको रौतहटस्थित श्रीराम सुगर मिल सञ्चालन गर्ने पनि बताए। संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादी केन्द्रलाई जिताउन अगाडी बढुनुहोस, सबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिएर अगाडी बढ्न र लड्न दाहालले निर्देशन पनि गरे।
