Gold
Bangad salyan

काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलायो १० जना पक्राउ

Salyan

काठमाडौं – काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

 

लुटेराहरुबाट पिडित भएर प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । सोही टोली गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको हो। थापाले पक्राउ गर्न गोलि चलाएको बताए। साथै यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । माघ १५