उत्तरी गोरखामा आजबाट मोबाइल फोन सेवा सुरु, मोबाईलमा हाल्न थाले सिमकार्ड

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा बल्ल मंगलबारबाट मोबाइल फोन सेवा सुरु भएको छ। सूचना र प्रविधिको यत्तिका विकास भइसक्दा पनि हाल सम्म यो क्षेत्रमा मोबाइल फोन सेवा सुरु हुन सकेको थिएन।
तिब्बती सीमानामा रहेको चुमनुब्री गाउँपालिकामा मंगलबारबाट फोन सेवा संच्चालनमा आएको नेपाल टेलिकम गोरखा वितरण केन्द्रका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिएक हुन् । पहिलो पटक गाँउमा फोन सेवा सुरु भएपछि स्थानीय खुसि भएका छन्।
उनीहरुले मोबाईलमा कुरा गर्दा निकै खुसि भएको सामेत बताउने गरेका छन्। श्रेष्ठका अनुसार न्याकमा रहेको फोरजी टावरबाट सेवा सुरु भइसकेको छ। त्यहाँबाट गाउँपालिकाको केन्द्र फिलिम लगायत एकदर्जनभन्दा धेरै गाउँमा मोबाइल सेवा सुरु भएको छ।

‘फोरजीबाट डाटा र टुजीबाट फोन सेवा सुरु भइसकेको छ। छेकम्पारमा रहेको टावर र बिहीमा रहेको टावरले मंगलबार बेलुका वा बुधबार बिहानबाट सेवा सुचारु हुनेछ श्रेष्ठले भने । न्याकस्थित फोरजी टावरले अहिलेसम्म मोबाइल सेवा लिन नपाएका न्याक, न्याकफेदी, पेवा, लोक्पा, ड्याङ, चुम्चेतलगायतका गाउँमा सेवा प्रवाह गरेको छ।

अहिले सम्म सदरमुकाम लगायतका ठाउँ जाँदा मोबाईल चलाउने र घर फर्केपछि थान्काएर राख्ने गरेपनि अब देश विदेशमा रहेका आफन्तसंग फोन गर्ना सकिने घटना जानकारी गर्न सकिने स्थानिय बताउछन।
यस्तै धेरै मात्रमा रहेका स्थानीयले राखेका मोबाईल निक्कालना थालेका छन् भने सिमकार्ड पनि किन्न थालेका छन्। चुमनुब्री वडानं ७, छेकम्पारस्थित टावर सञ्चालन भएपछि साविक छेकम्पार गाविसका एक दर्जन गाउँ र वडानं. ५ बिहीको टावर चलेपछि साविक बिही गाविस र साविक प्रोक गाविसका गाउँका बासिन्दाले पनि मोबाइल सेवा पाउनेछन्।
चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा पहिलोपल्ट फोरजी र टुजी सेवा सुरु भएपछि स्थानीयहरु एकै ठाँउमा जम्मा भएर खुसियाली मनाएका छन्। आजको दुनियाँमा पनि मोबाइल चलाउन नपाउँदा अँध्यारो जस्तै थिय।
अब देश विदेश देखि गाँउघरका खबर सजिलै थाहा पाउने वडा नं. ६ का वडाअध्यक्ष लोप्साङ फुञ्जो लामाले बताए। यो संगै मनास्लुमा यात्रा गर्ने पर्यटकले पनि अब सबै कुनाकाप्चार र बाटोहरुमा मोबाइल सेवा पाउने भन्न्दै उनले खुसि व्यक्त गरे ।
