एमालेमा किन बिद्रोह भन्ने चितवनको तमासानै पर्याप्त : नेपाल

मंसिर १३,काठमान्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको बताएका छन्।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमाले भित्र बिद्रोह गर्नुको कारण चितवनको तमासानै काफी रहेको बताएका हुन्।

उनले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए ।

एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट भएर आफूहरुले विद्रोह गरेको भन्ने चितवनको शो हेर्दानै काफी हुने जनाएका हुन्।

एमाले दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ, कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन । किन विद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ ।

त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ नेपालले भने।