रावलले गरे केन्द्रीय कमिटीमा बस्न अस्वीकार
काठमान्डौ – नेकपा एमालेको अध्यक्षमा पराजित भएपछि भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन ।
मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका थिए । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन् ।तर रावलले शपथ लिन मानेनन् ।
आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताए ।अध्यक्षमा पराजित भए कुनै पनि संगठनमा नरहने रावलको भनाई छ ।