अभिनेत्री कट्रिना कैफको बिहेमा फोटो खिच्न नपाइने
मुम्बई – बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेमा फोन लैजान नपाउने खबर बाहिरीएको छ ।
भारतीय मिडियाहरुका अनुसार विक्की र कट्रिनाबीच राजस्थान सवाई माधोपुरको रिसोर्ट ‘सिक्स सेन्सेस फोर्ट बरवाड़ा’ मा भव्य रुपमा विवाह समारोह आयोजना हुने छ।
इटी टाइम्स अनुसार विवाह हुनुअघि दम्पतीले दर्ता विवाह गर्नेछन्। विक्की कौशल र कट्रिना कैफको विवाह कार्यक्रम केही दिनसम्म चल्ने छ।
डिसेम्बर ७ मा संगीत समारोह, डिसेम्बर ८ मा मेहेन्दी र डिसेम्बर ९ मा विवाह हुनेछ। दम्पतीले डिसेम्बर १० मा प्रीतिभोज पनि आयोजना गर्नेछन्।
विक्की र कट्रिनाले आफ्नो विवाहलाई गोप्य राख्न सक्दो प्रयास गरिरहेका छन्। इटी टाइम्सले स्रोतको हवाला दिँदै छापेको खबर अनुसार बिहेमा अतिथिहरूलाई प्रवेशका लागि गोप्य कोड दिइनेछ।
उनीहरूलाई निश्चित स्थानमा पुगेपछि कुनै तस्विर वा भिडियोहरू लीक नहोस् भनेर मोबाइल फोन बोक्ने अनुमतिसमेत दिइने छैन।
सहभागीले पाहुनाहरूको बिहेमा आएका अतिथिहरुको फोटो नखिचून् भनेर सवाई माधोपुर र जयपुरका पाहुनाहरूलाई बोकेर आउने चालकहरूलाई स्मार्टफोनको साटो सामान्य फोन दिइनेछ। बिहेमा करण जोहर, आलिया भट्ट, रोहित शेट्टी, वरुण धवन र उनकी श्रीमती नताशाजस्ता बलिउड सेलिब्रेटी सवाई माधोपुरमा उपस्थित हुने पाइएको छ ।