surkhet

तामाङ चलचित्र ´ग्याल्बो राजा, प्रदर्सन हुँदै

भदौ २४

surkhet

काठमान्डौ – तामाङ चलचित्र “ग्याल्बो राजा” यहि वैशाख १५ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ ।

कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक विनायक तामाङले बताउनुभयाे ।

संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र नायिकामा प्रस्तुतकर्ता संगीता तितुङको अभिनय रहेको छ ।

Dailekh

उक्त चलचित्रको कथा संगीताकै हो भने पटकथा तथा संवाद बाबुराम सुवेदीले लेख्नुभएको छ।

चलचित्रमा अर्जुन गुरुङ,माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले पनि अभिनय गरेका छन् ।

Gorkha

चलचित्रमा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा कुमार स्याङ्बोको गीत,निमा दोङ र विश्व दोङको संगीत रहेको छ ।

गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर रहेकाे छ ।

किताब सिंह घलान कार्यकारी निर्माता रहेको ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ ।

तामाङ चलचित्रको बजार विस्तार एवं समग्र नेपाली दर्शकरुमाझ पुर्याउन नेपाली भाषामा समेत डब गरी अन्य हलहरुमा पनि प्रदर्शन गर्ने सोच बनाएको निर्देशक तामाङले बताउनुभयो ।

उनका अनुसार पहिलो विशेष प्रदर्शन कार्यक्रम समारोहमा सम्मान तथा सांगीतिक कार्यक्रम समेत हुनेछ ।

निर्देशक तामाङले २०५९ सालमा पहिलो चलचित्रको रुपमा सेमला दुङाल निर्देशन गरेका थिए भने यो उनको दशौं चलचित्र निर्देशन हाे।

डिल कुमारि नेपाल ,काठमाडौं

salyan