दोस्रो चरणको मतदान सम्पन्न, ४ हजार ५६४ मत खस्यो
काठमान्डौ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि आज भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ।
मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो। उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
मतदानमा ४ हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन्। सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।